कैलालीमा गस्तीमा रहेका असईको हत्या, हबल्दार बेपत्ता

  ।   २ कार्तिक २०७७, आईतवार १०:५२

काठमाडौं, २ कात्तिक ।

कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Next Post

जिप दुर्घटना हुँदा ६ जना घाइते

२ कार्तिक २०७७, आईतवार १०:५२
मनोज डाँगी  कार्तिक २, रुकुम पश्चिम ।  रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुदा ६ जना घाइते भएका छ्न । आठबिसकोट नगरपालिका ठुलीबार्खबाट राडिबजार तर्फ आउदै गरेको ग १ ज ६०४७ नम्बरको जिप आइतबार बिहान ९ बजेको समयमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि प्रहरी […]