कोरोना अपडेट : आज २ हजार ८ सय १७ संक्रमीत थप, २ हजार ८ सय १२ डिस्चार्ज

  ।   २३ कार्तिक २०७७, आईतवार १६:४३

२३ कात्तिक, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेको छ । हालसम्म संक्रमणमूक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

Next Post

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

२३ कार्तिक २०७७, आईतवार १६:४३
कार्तिक २३, काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आज संक्रमण पुष्टि भएको हो । रिपोर्टर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छनका सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।