२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

  ।   २० मंसिर २०७७, शनिबार १६:४९

मंसिर २०,काठमाडौँ ।

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

Next Post

नेकपा सचिवालय बैठक सकियो, भोलि स्थायी कमिटी बैठक बस्ने

२० मंसिर २०७७, शनिबार १६:४९
मंसिर २०, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्षद्वयका बैठकमा प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ । ठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठकमा अध्यक्षद्वयका […]