अर्थ मन्त्री द्रारा २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट घोषणा

  ।   १५ जेष्ठ २०८३, शुक्रबार २१:००

बिष्णु कुमार शाही
काठमाडौँ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३. ०८४ को वार्षिक बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर बजेट प्रस्तुत गरेका छन् । उनले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरेको छ । त्यस्तै,राजस्व १४ खर्ब ५ अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उल्लेख गरेको छ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।

त्यस्तै, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहनेछ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्याङ्क कार्यालयले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेट बेहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड छ । वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ । आम नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी बनाउने नीति लिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद‍्मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट भाषणका क्रममा स्वास्थ्य क्षेत्रका लागि कुल १०१ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । यो बजेटले विशेष गरी आधारभूत स्वास्थ्य सेवाको विस्तार, अस्पताल पूर्वाधारको निर्माण र स्वास्थ्य बीमाको सुदृढीकरणलाई मुख्य कार्यदिशा बनाएको छ ।
महिला बालबालिका, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकतर्फ २ अर्ब २७ करोड बजेट छुट्टाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत यो मन्त्रालयको बजेट छुट्टाएको हो ।

यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रतर्फ कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना अघि सारेका हुन्। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लड लाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेका छन्। यसैगरी प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ। देशका प्रमुख सहरहरू विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा आगामी तीन वर्षभित्र कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना सरकारले अघि सारेको छ।स

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को दुवै सदनमा बजेट पेस गर्दै सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रुपमा विकास गर्ने घोषणा गरे । उनले भने, ‘सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवासायीक फोर्सको रुपमा विकास गर्नेछौं ।
स्तै नेपाल प्रहरी र सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि पुनरवलोकन गर्नेबारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रहरी र सशस्त्रको अवकाशको सेवा अवधि र निवृत्तिभरण सुरू हुने सेवा अवधिको बिचमा रहेको विद्यमान अन्तर पुनरवलोकन अध्ययन गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरेको विवरणअनुसार आगामी वर्षका लागि प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तारन्तरण प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटकको बजेट भाषणमा बंकरदेखि ब्यारेक कार्यक्रम उल्लेख गरेनन् । तर, सैनिक जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तर दिएको उल्लेख गर्दै त्यसका लागि २ अर्ब विनियोजन गरेको घोषणा गरेका छन् ।