पछिल्लो २४ घन्टामा ५ हजार ८ जना संक्रमित

  ।   २४ आश्विन २०७७, शनिबार १७:३९

काठमाडौं,असोज २४ गते । 

पछिल्लो २४ घन्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ८१८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

Next Post

मध्यरातमा डा. केसी र सरकारबीच ८ बुँदे सहमति : ९ बजे अनशन तोड्ने

२४ आश्विन २०७७, शनिबार १७:३९
काठमााडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्दै छन् । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको […]

सम्बन्धित