मानब अधिकार आयोग द्रारा जेंजी आन्दोलानको प्रतिबेदन सार्बजनिक को को परे कारबाही सिफारिस

  ।   १३ जेष्ठ २०८३, बुधबार १८:४६

बिष्णु कुमार शाही
मानब अधिकार आयोगले भाद्र २३| र २४ को घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार समितिले सार्बजनिक गर्दै  तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

यस्तै आयोगको सिफारिसमा बाहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस गरिएको छ । यस्तै रास्वपाका कतिपय सांसद्हरुमाथि नै अनुसन्धान गर्न समेत सिफारिस गरेको छ । सिफारिस हुने सांसद्हरुमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, राजीव खत्री, केपी खनाल, दिपक बोहरा, कृष्ण कार्कीलगायत छन् ।

आयोगले रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद् एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्न भनिएको छ ।

Next Post

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय

१३ जेष्ठ २०८३, बुधबार १८:४६
काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको […]

सम्बन्धित