कडा सुरक्षाका बीच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन

  ।   १४ जेष्ठ २०८३, बिहीबार १६:२९

बिष्णु कुमार शाही
कैलाली कैलालीको लम्की चुहा नगरपालिका लम्कीको प्रादेशिक अस्पतालको बिहाबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक रूपमा उद्घाटन गरेका छन्। लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला कडा सुरक्षा व्यवस्थाबीच अस्पताल उद्घाटन गरिएको हो।

बिगत लामो समय देखि प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच चल्दै आएको विवादकै बीच मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन्। उद्घाटन समारोहका क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई उक्त कार्यक्रममा प्रबेस गर्न रोक समेत लगाइएको थियो।

उद्घाटन समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य रामेश्वर चौधरी, नगर उपप्रमुख जुना चौधरीलगायतको उपस्थिति रहेको थियो।
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच मतभेद २०८१ सालदेखि नै सुरु भएको हो। सुरूमा नगर अस्पताललाई प्रदेश अस्पताल बनाउन नगरपालिका सहमत भए पनि मुख्यमन्त्री शाह र नगर प्रमुख सुशीला शाही नेपाली काँग्रेसकै नेता भए पनि आआफ्अनै हटका कारण उक्त बिबाद चुलिएको ।
संघीय निर्णयपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० पुस २०८२ मा नगरपालिकालाई सम्झौताका लागि पत्र पठायो। तर, नगरपालिकाले प्रतिनिधि नपठाएपछि मन्त्रालयले ७ माघ र फेरि १३ माघ मा पुनः सम्झौताका लागि आग्रह गर्‍यो।

नगरपालिकाले भने आर्थिक, कानुनी र प्रशासनिक विषयमा स्पष्ट छलफल नभएसम्म सम्झौता नगर्ने अडान लियो। पटक–पटकको प्रयासपछि पनि सहमति नजुटेपछि प्रदेश सरकारले १ चैत मा लम्कीचुहा प्रादेशिक अस्पताल भइसकेको घोषणा गर्दै अस्पताल विकास समिति नै गठन गरिदियो।

समिति गठन भएको दिनदेखि नै मेयर सुशीला शाहीले प्रदेश सरकारको कदमप्रति खुलेर विरोध जनाउँदै आएकी छन्। उनले सम्झौता नै नगरी समिति गठन गर्नुले प्रदेश सरकारको बलमिच्याई उजागर गरेको टिप्पणी गर्दै आएकी छन्। अस्पतालकै विषयमा केही दिन अगाडि मात्रै मुख्यमन्त्री र मेयर पक्षमबीचका कार्यकर्ता बिच लम्कीमा झडप नै भएको थियो। अहिले भने मुख्यमन्त्रीले मेयर विदेश भएको मौका छोपेर अस्पतालको उद्घाटन नै गरिदिएका छन्।

Next Post

फिलिपिन्सका किम्बर्टलाई हराउँदै सेमिफाइनलमा रविन्द्र ढाँट

१४ जेष्ठ २०८३, बिहीबार १६:२९
नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आज सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। यस जितसँगै […]