जिप दुर्घटना हुँदा ६ जना घाइते

  ।   २ कार्तिक २०७७, आईतवार १३:४४

मनोज डाँगी 

कार्तिक २, रुकुम पश्चिम । 

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुदा ६ जना घाइते भएका छ्न । आठबिसकोट नगरपालिका ठुलीबार्खबाट राडिबजार तर्फ आउदै गरेको ग १ ज ६०४७ नम्बरको जिप आइतबार बिहान ९ बजेको समयमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि प्रहरी निरीक्षक हरि बहादुर ओलीका अनुसार आठबिसकोट नगरपालिका वडा न १२ मा भएको उक्त दुर्घटनामा घाइते हुनेमा १४ बर्षीय शैलेन्द्र नेपाली, सोहि ठाउँका ३४ बर्षीय गगै कामी, निजकाे छोरा बर्ष ६ को सरजन कामी, उनकै छोरी बर्ष ३ कि लक्ष्मी कामी, उक्त ठाउँका बर्ष १४ का राजकुमार कामी,  बर्ष १२ का मनिराम नेपाली रहेका छन् ।

उनिहरुको स्थानीय अस्पताल आठबिसकोट नगर पालिकामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रुकुम सुचना अधिकारि ओलीले बताएका छ्न ।

Next Post

भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

२ कार्तिक २०७७, आईतवार १३:४४
ब्रसेल्स अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन वर्षका थिए। ती महिलाले बिहान ५ […]