बिदेशमा कोरोना संक्रमीत नेपालीको संख्या ४४ हजार नाघ्यो

  ।   २३ कार्तिक २०७७, आईतवार १५:३७

कार्तिक २३, काठमाडौ ।

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रियामा  रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना  भाइरसका कारण ज्यान गुमाउनु परेको छ । सङ्घका अनुसार, विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र एक लाख ९१  हजार ६३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार ११४ जना  संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

Next Post

अमेरिकी चुनाव : ट्रम्पले हार्नुका ५ कारण

२३ कार्तिक २०७७, आईतवार १५:३७
काठमाडौं, २३ कात्तिक ।    झण्डै ५० वर्षसम्म सार्वजनिक रुपमा काम गरेपछि र दुई पटक उपराष्ट्रपति बनिसकेपछि जो बाइडेन अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका छन् । तर यस पटकको चुनावी अभियान कसैले अड्कलबाजी गर्न सक्ने अवस्थाको थिएन । यो चुनाव कोरोना महामारीको समयमा भएको हो, यो भाइरसले अमेरिकालाई सबैभन्दा धेरै प्रभावित […]

सम्बन्धित