सदनमा उपस्थित भै जबाफ दिन प्रधानमन्त्रीलाई हर्क साम्पाङको सदनमा माग

  ।   १३ जेष्ठ २०८३, बुधबार २०:०१

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह ग रेका हुन् । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो,’ उनले भने ।

जवाफमा सभामुख अर्यालले भने, ‘कसलाई कसरी रुलिङ गर्ने भनेर सभामुखलाई निर्देशन गर्ने अभ्यास छैन ।’ सभामुखको उक्त भनाइपछि अध्यक्ष राई सदनबाट बाहिर निस्किए ।

Next Post

कडा सुरक्षाका बीच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन

१३ जेष्ठ २०८३, बुधबार २०:०१
बिष्णु कुमार शाही कैलाली कैलालीको लम्की चुहा नगरपालिका लम्कीको प्रादेशिक अस्पतालको बिहाबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक रूपमा उद्घाटन गरेका छन्। लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला कडा सुरक्षा व्यवस्थाबीच अस्पताल उद्घाटन गरिएको हो। बिगत लामो समय देखि प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच चल्दै आएको विवादकै […]

सम्बन्धित