प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय

  ।   १३ जेष्ठ २०८३, बुधबार १९:४६

काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् । बैठकको प्रारम्भमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही सुरू हुने क्रममा प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेका थिए ।

सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ । प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलहरूले लिएका छन् । प्रतिपक्षीको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ ।

न्युज एजेन्सी नेपाल

 

Next Post

सदनमा उपस्थित भै जबाफ दिन प्रधानमन्त्रीलाई हर्क साम्पाङको सदनमा माग

१३ जेष्ठ २०८३, बुधबार १९:४६
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह ग रेका हुन् । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि […]