काठमाडौँ — उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी हानेपा बीच औपचारिक रूपमा एकता भएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमक बीच पार्टी एकताको सहमति भएको घोषणा गरेका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे ।
घिसिङले उज्लायालो नेपाल पार्टीलाई अब देशको बलियो र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङका अनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेको बताएका छन् ।
‘ उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पका रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुने गरि हामि एकता र समायोजनमा लागिरहेको र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ, घोसणा कार्यक्रमा घिसिङले भने .
