नेपालमा कोरोना संक्रमितको संख्या लाख नाघ्यो : पछिल्लो २४ घण्टामा २ हजार ५९ जनालाई संक्रमण

  ।   २३ आश्विन २०७७, शुक्रबार १६:५१

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६  जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्। पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। काठमाडौं उपत्यकामा बिहीबार मात्र १ हजार १ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो।

Next Post

जनप्रतिनिधि र प्रहरीको सक्रियतामा घरेलु मदिरा नष्ट

२३ आश्विन २०७७, शुक्रबार १६:५१
असोज २३, दैलेख ।  दैलेखको भैरबी गाउँपालिका -६, मा जनप्रतिनिधि र प्रहरीको सक्रियतामा घरेलु मदिरा नष्ट गरिएको छ । गत २० गते पिसिआर चेक गरेका भैरबी-६, का एक जना युवाको नतिजा पोजेटिभ आएपछि उनलाई खोज्न गएको साधा पोशाकको प्रहरी र जनप्रतिनिधिको टोलिले उक्त वडाको तोरिमुल भन्ने ठाउँमा घरेलु मदिरा उत्पादन […]

सम्बन्धित