ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

  ।   २६ कार्तिक २०७७, बुधबार ०८:२२

मनोज डाँगी  

कार्तिक २६, दाङ ।

दाङमा मंगलबार ट्रकले ठक्कर दिँदा तीन जनाको घटना स्थलमा नै मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

राति ८ बजेतिर उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले बताए । मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिएका छन् ।

Next Post

ट्रकले मिनिट्रकलाई ठक्कर दियो, ३ जनाको मृत्यु १ घाइते

२६ कार्तिक २०७७, बुधबार ०८:२२
कार्तिक २७, काठमाडौँ । बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको  ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको  बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते […]