ट्रकले मिनिट्रकलाई ठक्कर दियो, ३ जनाको मृत्यु १ घाइते

  ।   २७ कार्तिक २०७७, बिहीबार ०९:०९

कार्तिक २७, काठमाडौँ ।

बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको  ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको  बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोहराले जानकारी दिए ।

Next Post

महिलाको स्तन समातेर भबिस्यबाणी गर्ने ज्योतिष

२७ कार्तिक २०७७, बिहीबार ०९:०९
एजेन्सी । सन्सार भरि नै आफ्नो भविश्यको चिन्ता गर्ने मानिसहरु भेटिन्छन् । उनीहरु आफ्नो भविश्य राम्रो बनाउन समेत चाहन्छन् । यसका लागि उनीहरु ज्यातिषको सहारा लिन्छन् । सन्सारमा ज्योतिष पनि किसिम किसिमका हुन्छन् । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्ध विश्वासमा नै छन् । आफ्नो भविष्य कस्तो होला, के […]