दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

  ।   २३ फाल्गुन २०७७, आईतवार ०६:०४

दार्चुला : 

शनिबार साझ दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिए।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो।

जीपमा सवार अरु चारजना घाइते रहेको स्थानीय रमेश धामीले बताए। बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त घाइते भएका हुन्।

सडकबाट झण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Next Post

बलात्कारको आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

२३ फाल्गुन २०७७, आईतवार ०६:०४
जिल्ला अदालत सुर्खेतले बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो। वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा […]