पाउमा हजारका नोट चढाउँदै भोट माग्दै !

  ।   १९ बैशाख २०७९, सोमबार १२:४९

बैशाख १९, सिन्धुपाल्चोक ।

भोट माग्नका लागि सिन्धुपाल्चोकका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका उम्मेदवार अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थाहा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

Next Post

सरकारी खर्चबाट कर्मचारीका श्रीमती छोराछोरी सयर

१९ बैशाख २०७९, सोमबार १२:४९
जिल्लाको धार्मीक पर्यटकिय स्थलहरुको प्रचार प्रसारको नाममा नारायण नगरपालिकाका कर्मचारीहरुले आफ्ना श्रीमती, छोराछोरी लिएर भ्रमणमा निस्किएका छन्। बाहिरी जिल्लामा दैलेखको पर्यटकिय स्थलको प्रचारप्रसार गर्ने शिर्षकबाट कर्मचारीहरुले आफ्ना श्रीमती र छोराछोरीसहित अनावश्यक कर्मचारी र स्थानीयहरुलाई मुक्तीनाथसम्मको भ्रमण गराएका हुन्। नारायण नगरपालिका–१ ले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको ५ लाख रुपैयाँ […]