
चैत २९, काठमाडौ ।
चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले एक्ला एक्लै चुनावमा लड्न नसकेर गठबन्धन बनाउने दललाई लाज पचेकाको संज्ञा दिएका छन् ।
आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै उनले सिद्धान्त पनि नमिल्ने, बिचार पनि नमिल्ने र चुनावी घोषणा पत्र समेत नमिल्नेहरुले गठबन्धन गरेर चुनाबमा जानू भनेको लाज पचाउनु हो भन्दै व्यंग्य प्रहार गरेका छन् ।
साथै उनले आफैसंग बिश्वास नभएका दलहरुले जनताको बिश्वास कसरी जित्छौ भनेर प्रश्न गर्दै कार्यकर्ता र जनता कतिसम्म भेडा हुने भनेर सोच्ने बेला आएको उल्लेख गरेका छन् ।
`लाज पचेकाहरुले हो गठबन्धन गर्नी, सिद्धान्त मिल्नु छैन, बिचार मिल्नु छैन,,, चुनावी घोषणा पत्र पनि आफ्ना आफ्ना छन्,,, के हो यो गठबन्धन ,,, आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ? कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्नी बेला भयो अब´ उनले लेखेका छन् ।


