नेकपा समाजबादी चामुण्डा बिन्द्रासैनी नगर कमिटीका अध्यक्ष एमालेमा फर्किए

  ।   ४ बैशाख २०७९, आईतवार १७:५५

दैलेखको चामुण्डा नगरपालिकाका नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष लक्षिराम केसी एमालेमा प्रवेश गरेका छन् ।

आइतबार समाजवादी चामुण्डाबिन्द्रासैनी नगर कमिटी अध्यक्ष केसीसहितको टोलीले एक विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

केसीलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, भरत शाही र जिल्ला कमिटी सदस्य शेरबहादुर रावत लगायतले स्वागत गरेका हुन् ।

Next Post

माधवद्वारा गठबन्धन छाड्ने चेतावनी

४ बैशाख २०७९, आईतवार १७:५५
बैशाख ५, काठमाडौ । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय […]