रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद्‍ सचिवालयका सीसीटीभी फुटेज

  ।   २९ बैशाख २०८०, शुक्रबार १८:१४

बैशाख-२९, काठमाडौँ—नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद्‍ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।

रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‍ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद्‍ सचिवालयका सचिव रोजनाथ पाण्डेले भने । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‍ सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एमालेका रायमाझी भने फरार छन् । कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।

Next Post

गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए

२९ बैशाख २०८०, शुक्रबार १८:१४
बैशाख-२९, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन्। शुक्रबार चारजना मन्त्री थप्दै मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्। आकांक्षी धेरै हुँदा मन्त्री छान्न मुख्यमन्त्री पाण्डेलाई हम्मेहम्मे परेको थियो। शुक्रबार चारजना मन्त्री थपिएसँगै पाण्डे नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रीपरिषद् रहनेछ। अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य […]