
गोबिन्ददेव भारती,
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटीका सदस्य गोबिन्द केसीले पत्रकारिता पेशालाई मर्यादित बनाउने जिम्मेवारीपनि स्वयं पत्रकारहरुकै हातमा रहेको बताउनु भएको छ । सत्य र तथ्यमा आधारित भइ समाजको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै उहाले जतिसुकै चुनौतिको सामना गर्नु परेपनी सहि समाचारलाई बाहिर ल्याउन भने डराउन नहुने बताउनु भयो ।
भर्खरै संचालनमा आएको अनलाइन पत्रीका `कर्णालीपानाको´ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सदस्य केसीले पत्रकारिताको माध्यमबाट समाज जागरणको कामलाई पनि टेवा पुर्याउन सकिने बताउनु भयो । त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकै अर्का सदस्य गणेश बिशुले प्रबिधिको तिब्र बिकाश भएसङ्गै अबको पत्रकारिताको यात्रा अनलाइन माध्यमतर्फ उन्मुख भएकोले `कर्णालीपाना´ अनलाइनले पनि कुनै ब्यक्ति, क्षेत्र वा ठाउँ बिशेशलाई मात्रै नभइ सबै क्षेत्रको साझा पत्रीकाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले सञ्चार क्षेत्रको बिकास हुनु महासंघको लागि खुसिको कुरा भएको उल्लेख गर्दै पेशागत कार्यमा आइपर्ने समस्यामा पत्रकार महासंघ जहिले पनि साथमा रहने बताउनु भयो । प्रेस संगठन नेपाल कर्णाली प्रदेश कमिटी सदस्य याम शर्माले राज्यको चौथो अङ्गको रुपमा रहेको संचार क्षेत्र प्रती जनताको धेरै बिश्वास रहेकोले जन अपेक्षा अनुरुप काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु र संचार सम्बद्ध विभिन्न संघ/संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।
पत्रकार महासंघ दैलेख शाखाकि महिला उपाध्यक्ष बिनु भारतीद्वारा प्रकाशित/संचालित उक्त कर्णालीपाना अनलाइन पत्रीकाको संरक्षक गोबिन्द केसी र यज्ञ रेग्मी, सल्लाहकार बिष्णु शर्मा, प्रधान स्म्पादक याम शर्मा, सम्पादक गोबिन्ददेब भारती, प्रबन्ध निर्देशक धिरेन्द्र शाही, कार्यकारी सम्पादक गोबिन्दराज रेग्मी, सह सम्पादक प्रबिण शाही र समाचारदातामा महेन्द्र बिक र बिनोद BT रहनुभएको छ ।

