
चैत्र ८, सुर्खेत ।
प्रदेश सभा सचिवालय सुर्खेत र संसद सहयोग परियोजनाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभा सचिवालय सुर्खेतमा मंगलवार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सचिवालय र संसद सहयोग परियोजनाबीचमा बिगत चार बर्षको अबधिमा भए गरेका कामहरुको समीक्षा गरिएको हो ।
कार्यक्रममा संसद सहयोग परियोजनाका टिम लिडर डिलादत्त पन्त, प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी लगायत परियोजनाका प्रतिनिधि र सचिवालयका कर्मचारिहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बिगतमा गरिएका कामको छलफल गर्दै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा व्यापक छलफल भएको प्रदेश सभा सचीव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथी सचिवालयका कानुन उप-सचीव तेजप्रकाश जोशीले जानकारी गराउनुुुएको थियो भने सहजीकरण कम्प्युटर अधिकृत राजेन्द्र पौडेलले गर्नु भएको थियो ।

