अमेरिकी डिभी चिट्ठा खुल्यो, के छ प्रावधान ? पढ्नुहोस्

  ।   २३ आश्विन २०७७, शुक्रबार १६:२९

असोज २३,काठमाडौं ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार गएको बुधबार नेपाली समयअनुसार राती ९:४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेदन खुला भएको हो।

बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ। दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ। अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन। अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ। डिभी भर्नका लागि फोटो खिच्दा चस्मासमेत लगाउनु हुँदैन।

दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्नेछ। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ। यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन।

डिभीका लागि छानिँदैमा कसैले भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।#annapurnapost@

Next Post

दाङ प्रहरीद्वारा ब्राउन सुगर सहित दुई युवक पक्राउ

२३ आश्विन २०७७, शुक्रबार १६:२९
मनोज डाँगी असोज २३, दाङ । दाङ प्रहरीले गढवा गाउँपालिका-१, धानखोलास्थित सडकबाट ४ ग्राम ३ सय ८० मिलिग्राम अवैध लगूऔषध (ब्राउनसुगर)सहित २ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३, डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र सोही ठाउँ बस्ने २३ वर्षीय रमेश सुनार रहेका छन् । ईलाका […]