जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे

  ।   १९ श्रावण २०७८, मंगलवार १५:०९

जाजरकोट जुनीचाँदे गाउँपालिका-२, का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन् ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको बताइएको छ ।

युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।

वडा अध्यक्षले ती युवकमाथि किन कुटपिट गरेका हुन् पुरै विवरण खुल्न सकेको छैन । वडा अध्यक्ष नेपालीसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

वडा अध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्ववर बस्नेतलाई पनि कुटेका थिए । shilapatra.com बाट साभार

Next Post

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

१९ श्रावण २०७८, मंगलवार १५:०९
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । ratopati.com बाट साभार