अछामको ढकारी गाउँपालिका अध्यक्ष बिद्रोही नेकपाको कब्जामा

  ।   १७ पुष २०७७, शुक्रबार १२:३१

पौष १७, अछाम ।

अछामको ढाकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढालाई बिप्लब नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । नेकपाले उनलाई शुक्रबार बिहान करिब १०:१५ बजेतिर सोहि गाउँपालिकाबाटै नियन्त्रण लिएको स्थानीयले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका बुढा आर्थिक लेनदेनका कारण पटक-पटक विवादमा आएका बताइएको छ । यता नेपाल कम्युनिष्ट पार्टी अछामले बुढा आफ्नो कब्जामा रहेको पुष्टि गरेको छ । कोरोना नियन्त्रणमा गरेको अनियामनिताता, अन्य विभिन्न स्रोतमा गाउँपालिकामा गरेको भ्रष्ट्राचार र मनपरीका बिरुद्ध पार्टीमा स्थानीयले उजुरी गरेका कारण बुढालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

‘उहाँका थुप्रै कुराहरु आएका छन् । बिहिन्न बहानामा गाउँपालिकाको लाखौ रकम हिनामिना गरेको देखि लिएर कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको उजुरी परेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक जिल्ला नेताले  भने-‘त्यसकारण उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।’

उनीसँग सोधपुछ गरेर कति बेला छोड्ने भन्ने बिषयमा पार्टीले निर्णय गर्ने पनि नेकपाले जनाएको छ । यसअघि पनि नेकपाले अछाममा गरिब जनतासंग महँगोमा ब्याज अशुल्ने एक सहकारीका प्रतिनिधिलाई नियन्त्रणमा लिएर छोडेको थियो ।#सन्चारकेन्द्रबाट साभार

Next Post

संघियता नै खारेज गर्नु पर्ने ओली समुहको निश्कर्ष

१७ पुष २०७७, शुक्रबार १२:३१
काठमाडौ, १८ पुस । प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जाने भएपछि प्रदेशसभा विघटनको तयारी गरिरहेको चर्चाबीच ओली पक्षधरले संघीयता नै खारेज गरेर अघि बढ्न सुझाव दिन थालेका छन् । पछिल्लो समय ओलीलाई भेट्ने उनी निकटस्थले संघीयता खारेजीका लागि सुझाव दिने गरेको ओली पक्षधर केन्द्रीय सदस्य एव. सांसद निरु […]