कार्तिक १६, सुर्खेत ।
कर्णाली प्रदेशमा आज कोरोना संक्रमीत हुने भन्दा निको हुनेको संख्या साढे ६ गुणा धेरै रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना संक्रमित थपिएका हुन् ।
संक्रमित हुनेहरुमा दैलेखका ५, रुकुमपश्चिमका ३, सुर्खेतका २, जाजरकोटका १ र अन्य प्रदेशका १ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ८ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ हजार ३६ पुगेको कंडेलले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
नेपालमा कति ?
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना पुगेको छ ।

