दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

  ।   १४ असार २०८१, शुक्रबार १७:२०

बिनु भारती

असार-१४, दैलेख ।

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) सुनिल दाहालका अनुसार उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ र गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी भइरहेको जनाइएको छ।

Next Post

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

१४ असार २०८१, शुक्रबार १७:२०
असार-१५, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो । […]