र्‍यापर भिटेनलाई कारवाही गर्न निर्देशन

  ।   १३ कार्तिक २०७७, बिहीबार १८:३४

काठमाडौं, कात्तिक १३ ।

प्रहरी प्रधान कार्यालयले भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार र्‍यापर भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि पक्राउ गरी कारबाही गर्न आज साइबर ब्युरो भोटाहिटीलाई निर्देशनसहित पत्र पठाइएको हो । भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए । सो भिडियोमा आपत्तिजनक शब्द रहेको प्रहरीले जनाएको छ । यसअघि पनि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक वर्षअघि पनि र्‍यापका विषयमा भिटेन विवादमा परेका थिए । त्यसबेला प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो । उनले आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा रिहा भएपनि यस बर्ष फेरि आपत्तिजनक शब्दसहितको भिडियो पोष्ट गरेका हुन् ।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिइएको एसएसपी कडायतले जानकारी दिए । ‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ प्रहरी प्रवक्ता कडायतले बताए ।

Next Post

ओली-नेपाल भेट, पार्टीको अबको नेतृत्व लिन ओलीद्वारा नेपाललाई आग्रह

१३ कार्तिक २०७७, बिहीबार १८:३४
कार्तिक १४, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेत माधवकुमार नेपाललाई आगामी नेतृत्वका लागि आग्रह गरेका छन् । पछिल्लो पटक पार्टी भित्र देखिएको विवादलाई समाधान गर्न एकआपसमा भएको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई […]