फौजदारी अभियोग प्रमाणित मन्त्रीलाई पदमुक्त गर्न माग राख्दै एमालेद्वारा सदन अवरुद्ध

  ।   २४ जेष्ठ २०७८, सोमबार १६:०४

सुर्खेत ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताएका छन्

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कंडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरे । उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन् ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् ।

`कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन । सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । ‘बजेट, नीति कार्यक्रम ल्याउनुछ । त्यसमा हामी सकारात्मक छौँ । यो स्थितिको अन्त्य सरकारले गरोस । रचनात्मक सहयोग गर्न तयार छौँ ।’ कँडेलले भने ।

उनले थपे, ‘संसद राजनितिक थलो हो । यहाँ दल छान्न र बदल्न सकिन्छ । राजनितिक अपराध गरेकाहरूसँग हामी बस्न सक्दैनौं । अदालतले अपराध पुष्टि गरेका ब्यक्ति झण्डा हल्लाएर प्रदेश सभामा प्रवेस गरेका छन् । नेकपा एमाले यो अवस्थालाई टुलुटुले हेरेर बस्न सक्दैन ।’

उनले सदनको मर्यादा माथी प्रश्न चिन्ह उठेको बताउँदै लोकतन्त्रको मूल्य मान्यता जोगाउन सरकारलाई आग्रह गरे समेत गरे ।

Next Post

असार १ देखि देशभर निषेधाज्ञा खुकुलो बनाउने तयारी

२४ जेष्ठ २०७८, सोमबार १६:०४
काठमाडौ । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने तयारी […]