ओलीलाई भेटेपछि कर्णालीका चार सांसदले छाडे माधवको साथ

  ।   ७ बैशाख २०७८, मंगलवार १७:०६

७ बैशाख, काठमाडौ ।

माधव नेपाल पक्षमा खुलेका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका छन् ।

सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाडेका हुन् । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीसँग छलफलपछि नेपाल समूह छाडेकाले एमालेले उनीहरूसँग स्पष्टीकरण नमागेको हाे ।

नेपालसँगको भेटमा यो टोलीले आफूहरू फुटको पक्षमा नरहेको बताएका थिए ।  घोषित रुपमा साथ दिन नसक्ने नबताए पनि पार्टी विभाजनको अवस्थामा एमालेमै रहने उनीहरूले नेता नेपालसँग भनिसकेका छन् ।

यो टोलीले केपी ओलीसँगको भेटमा पनि फुटबाट जोगाउने भूमिका खेल्न आग्रह गरेका थिए ।  उनीहरुले आफूहरू पार्टी फुटको पक्षमा नरहेको बताए । सांसद शाहिले भने, ‘माधव नेपाल समूह छाडेको भन्दा पनि फुटको पक्षमा नरहेको र विभाजनको अवस्थामा एमालेमै रहने प्रधानमन्त्रीलाई बताएका छौँ ।’#शिलापत्रडटकमबाट साभार

Next Post

माओवादी स्थायी समितिको बैठक सकियो, ओली सरकारलाई दिएको समर्थन कायमै

७ बैशाख २०७८, मंगलवार १७:०६
७ बैशाख, काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन । माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो । […]