माधव र झलनाथ सहित एमालेका ११ जना निवर्तमान सांसद पार्टीबाट निष्कासित

  ।   १० जेष्ठ २०७८, सोमबार १९:१०

काठमाडौं, १० जेठ ।

नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।

Next Post

माधव नेपालको रणनीतिः पहिला दल खोल्ने अनि प्रचण्डसँग एकता गर्ने

१० जेष्ठ २०७८, सोमबार १९:१०
काठमाडौं, १२ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दल खोल्ने तयारी गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको छिनोफानोलाई हेर्ने या अगाडि बढ्ने भन्नेबारे उनले निकटस्थसँग परामर्श गरिरहेको बुझिएको छ । कतिपयले अहिले नै बढ्नुपर्ने त कतिपयले सर्वोच्चको फैसलापछि बढ्नुपर्ने सुझाव दिएका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल […]

सम्बन्धित