कक्षा १२ को परीक्षार्थी मरिण गाउँपालिकाका अध्यक्षले ‘खेताला’ परीक्षार्थी राखेको पुष्टि, केन्द्राध्यक्ष हटाइए

  ।   ३१ बैशाख २०८०, आईतवार २०:२६

बैशाख-३१, सिन्धुली । कक्षा १२ को परीक्षाका परीक्षार्थी रहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर परीक्षा दिएको पुष्टि भएको छ ।

परीक्षार्थी मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई कपी फेला परेपछि उनले यसअघि दिएका सबै परीक्षा रद्द भएका हुन् ।

माध्यामिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष समेत रहेका परीक्षार्थी मोक्तानले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा परीक्षा दिलाएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको दिन थियो । सो परीक्षाका दुई वटा उत्तर पुस्तिका फेला परेको र सो उत्तर पुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानको उत्तर पुस्तिका पूर्ण रुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले केन्द्राधयक्षले परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्वन्धित कुनै पनि काम गर्न नदिने निर्णय गरेको छ ।

सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराललाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ ।

पालिका अध्यक्ष समेत रहेका मोक्तानले थप परीक्षा समेत दिन नपाउने सिडियो नेपालले बताइन् ।

Next Post

आजबाट एमडीएमएस लागू, अब के हुन्छ ? के गर्नुपर्छ ?

३१ बैशाख २०८०, आईतवार २०:२६
जेठ-१,काठमाडौ । मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले अवैध तरिकाले भित्राइएका मोबाइल अब नचल्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् […]

सम्बन्धित