यस्तो छ आजको मौसम

  ।   २४ बैशाख २०८०, आईतवार ०८:०९

बैशाख-२४, काठमाडौ । हाल देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।

पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।’

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उनले बताए।

त्यस्तै कोशी, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिएको उनको भनाइ छ।

पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मधेस प्रदेशमा गर्मी बढ्ने पनि उनले बताए

Next Post

संवैधानिक परिषदको बैठक सोमबार बस्ने

२४ बैशाख २०८०, आईतवार ०८:०९
फाइल तस्वीर  बैशाख-२४, काठमाडौ । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् […]