
ब्राउन सुगरसहित प्रहरीेले सुर्खेतमा चारजनालाई पक्राउ गरेकाे छ । भेरीगंगा नगरपालिका-५, बबईस्थित प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेकाे हाे । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेका भे ७ प ९९२३ र भे ९ प ९०१७ नम्बरका मोटरसाईकलमा शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त ब्राउन सुगरकाे नापताैल नभएकाे बताइएकाे छ ।
