काठमाडौँ, असोज २२ गते ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
एकै दिन ४ हजार ३ सय ६४ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको स्ंख्या २६ हजार ६ सय ८४ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
२४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृतकको संख्या ५ सय ९० पुगेको छ ।

