मनाेज डाँगी
रुकुम (पश्चिम )
त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । “नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड” त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको हो । त्रिवेणी गाउँपालिका वडा नं.०२ सिम्रुतुमा स्टेशन रहनेगरी पहिलाेपटक एम्बुलेन्स सेवा सुरु गरिएको बताईएको छ । स्थानीयलाई भाडामा सहुलियत दिने उद्धेश्य स्वरुप एम्बुलेन्स सेवा सुरु भएपछि तत्काल स्वास्थ्य सस्थामा लिन नसक्दा हुने मृत्युबाट बच्न सकिने अपेक्षा सहित स्थानीयहरु निक खुसी भएका छन् । मानविय सेवाकाे यो कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति नवजीवन स्वास्थ्य सहकारीका अध्यक्ष अमर ओलीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

