ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  ।   ५ मंसिर २०७७, शुक्रबार १०:१३

मनोज डाँगी

मङ्सिर ५, सुर्खेत

ट्रकको ठक्करबाट सुर्खेतको बोटेचौरमा एक जनाको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिएका छ्न् ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका– ९ का ४८ धनबहादुर भण्डारी रहेको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता
पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सोही ठाउँका ८ वर्षीय बालक भीमबहादुर खड्का, एक वर्षीय बाल भुवन खड्का घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको प्रबक्ता पुनको भनाई छ । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको पहिचान नभएको खत्रीले बताए । ट्रकलाई प्रहरी चौकी मेहलकुनाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Next Post

घरमा आगलागी हुँदा लाखौंको क्षति

५ मंसिर २०७७, शुक्रबार १०:१३
महेन्द्र बिक मङ्सिर ५, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-१०, बच्छी दमारस्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय लालसरा बिकको घरमा बिहिवार बिहान करिब  ८ बजेतिर आगलागी हुँदा घर पूर्ण रुपमा जलेर क्षति भएको हो । घरका अभिभावक हरु बारिमा काम गर्न गएकोबेला केटाकेटीहरुले घरमै आगो तापेर […]

सम्बन्धित