एसईई नतिजा सार्वजनिक , कसरी हेर्ने ?

  ।   १३ असार २०८१, बिहीबार १०:३७

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन्  ।

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।

Next Post

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

१३ असार २०८१, बिहीबार १०:३७
बिनु भारती असार-१४, दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ […]