लैङ्गिक हिंसा अन्त्यका लागि व्यबहार परिवर्तन आवश्यक

  ।   १० मंसिर २०७७, बुधबार १९:४१

मंसिर १०, दैलेख ।

जिल्लाका सरोकारवालाहरुले लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका छन् । एभरेष्ट क्लबद्धारा आयोजित लैङ्गिकता सम्बन्धि सामाजिक मुल्य र मान्यताहरु तथा घरायसी कार्यको समान व्यवहार सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले समाजमा भईरहेका लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका हुन् ।

कार्यक्रममा नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले लक्षित वर्गका लागि प्राप्त बजेट विनियोजन र सचेतनामुलक कार्यक्रमहरु गर्न नसेको उल्लेख गर्दै समाज रुपान्तरणमा सबैको हातेमालो जरुरी रहेको बताए ।

एभरेष्ट क्लब दैलेखका महासचिव यज्ञराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले स्वास्थ्य सेवा प्रवाहमा लैङ्गिकताका आधारमा विभेद नभएको दाबी गरे । लैङ्गिकता सम्बन्धि सामाजिक मुल्य र मान्यताहरुहरु तोड्न व्यक्तिको व्यवहार परिवर्तन हुनुपर्नेमा उनको जोड थियो ।
नारायण नगरपालिकाका शिक्षा शाखा संयोजक हिमालयजंग शाहले लैङ्गिक हिंसा अन्त्यका लागि भाषण भन्दा काम गर्नुपर्ने र बनेका नीतिहरु व्यवहारमा कार्यान्वयन हुनुपर्ने जोड दिए । पत्रकार अमर सुनारले बाल विवाहले महिला हिंसाका घटना बृद्धि भएको उल्लेख गर्दै स्थानीय तहले पर्याप्त लक्षित बजेट विनियोजन नगरेको बताए ।

महिला अधिकारकर्मी सविना विकले नीति कार्यान्वयनमा कमजोरी रहेको औल्याईन् । त्रिभुवन मावीका प्रधानाध्यापक निरकबहादुर तारामीले समाजको सकारात्मक परिवर्तन विकाससँग गाँसिएको बताए । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य गोविन्ददेव भारती, नारायण नगरपालिका–६ का वडासदस्य कृष्ण केसी लगाएतले आ–आफ्नो विचार राखेका थिए ।

Next Post

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

१० मंसिर २०७७, बुधबार १९:४१
मंसिर १०, काठमाडौ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो। ‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,’ बैठकपछि सञ्चार […]