
महेन्द्र बिक
मङ्सिर ५, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-१०, बच्छी दमारस्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय लालसरा बिकको घरमा बिहिवार बिहान करिब ८ बजेतिर आगलागी हुँदा घर पूर्ण रुपमा जलेर क्षति भएको हो ।
घरका अभिभावक हरु बारिमा काम गर्न गएकोबेला केटाकेटीहरुले घरमै आगो तापेर बसिरहेको र त्यसैबेला अचानक आगलागी भएको बताइएको छ । आगलागिबाट घरमा रहेका लत्ताकपडा, नगद तथा अन्न लगायत करिब ५ लाख बराबरको सामग्री जलेर नष्ट भएको बताइएको छ ।
चिसो मौसममा घर जलेपछी अहिले पिडित परिवार छिमेकी आफन्तको घरमा बसिरहेको पिडित बिकले कर्णालीपानालाई बताइन् ।

