नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित

  ।   ३ मंसिर २०७७, बुधबार १५:४६

मङ्सिर ३,काठमाडौँ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।

Next Post

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

३ मंसिर २०७७, बुधबार १५:४६
मनोज डाँगी मङ्सिर ५, सुर्खेत ट्रकको ठक्करबाट सुर्खेतको बोटेचौरमा एक जनाको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिएका छ्न् । […]