अमेरिकी राष्ट्रपतिमा जो बाइडन बिजयी

  ।   २३ कार्तिक २०७७, आईतवार ०७:०१

२२ कात्तिक, काठमाडौं ।

जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।

अमेरिकी राष्ट्रपति हुनको लागि त्यहाँको जम्मा ५३८ इलेक्टोरोल कलेज भोट मध्ये २७० भोट ल्याउनु पर्ने भएपनी यो समाचार तयार गर्दा सम्म जो बाइडनले २७९ भोट आफ्नो पक्षमा पारिसकेकस छन् ।

बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल  कलेज भोटको आंकडा पार भएको छ ।

बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । बाइडनले पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।

Next Post

बाबुराम र हिसिलाको कोरोना रिपोर्ट पुन: पोजेटिभ

२३ कार्तिक २०७७, आईतवार ०७:०१
कार्तिक २३, काठमाडौं । होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना  रिपोर्ट पनि पोजिटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ आएको हो। पीसीआर परीक्षणका लागि कात्तिक […]