कर्णालीमा आज संक्रमीत हुने भन्दा डिस्चार्ज हुनेको संख्या करिब ३ गुणा धेरै

  ।   १८ कार्तिक २०७७, मंगलवार १७:३७

कार्तिक १८,सुर्खेत ।

कर्णाली प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । यीमध्य सबैभन्दा बढी सुर्खेतका ३३ जना छन् । यस्तै दैलेखका १३, जुम्लाका ३, सल्यानका २, मुगु र रुकुम पश्चिमका १/१ जना र अन्य प्रदेशका ८ जना छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४४, दैलेख प्रयोगशालामा ११ र रुकुमपश्चिम प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ९ सय ७२ जना पुगेका छन् ।

हालसम्म कर्णालीमा सुर्खेतका २ हजार पाँच सय ५१, दैलेखका १ हजार ९, सल्यानका ५ सय १८, जुम्लाका ३ सय २३, कालिकोटका ३ सय २, रुकुमपश्चिमका १ सय ७४, जाजरकोटका १ सय ६, हुम्लाका ३४, मुगुका ३२, डोल्पाका १५ र अन्य प्रदेशका ४ सय ११ जना छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना संक्रमण जितेर घर जानको कुल संख्या ५ हजार २ सय २३ जना पुगेका छन् । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ ।

Next Post

बाबियाचौर प्रहरिको अर्को सफलता, फरार अभियुक्त ३० बर्षपछी पक्राउ

१८ कार्तिक २०७७, मंगलवार १७:३७
मनोज डाँगी  कार्तिक १८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्री सहितको प्रहरी टोलीले मंगलबार ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो। व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोगमा सुर्खेत जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले […]

सम्बन्धित