कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

  ।   २५ जेष्ठ २०८०, बिहीबार १८:२६

जेठ-२५, सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ। बिहीबार बसेको कर्णााली प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।

जेठ २१ गते कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभा नियमावलीको नियम ३७ (४) बमोजिम बहुमतबाट पारित भएको सभामुख नन्दा गुरूङले घोषणा गरिन्।

उक्त नीति तथा कार्यक्रममाथि २३ गतेदेखि छलफल सुरु भएको थियो। छलफल ३ दिनसम्म चलेको थियो।

यस्तै, छलफलका क्रममा प्रतिपक्ष दलका केही सांसदहरुले संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख संचेतक टेकराज पछाई, एमालेका सांसद जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

उनीहरुले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यहरुको बहुमतबाट अस्वीकृत भएको छ।

कर्णाली प्रदेश सरकारले वार्षिक १० हजार युवालाई रोजगारी दिने लक्ष्यसहित कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोचअनुसार आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासलाई लक्षित गर्दै नीति तथा कार्यक्रम ल्याइएको छ।

Next Post

कारागारबाट छुटाइ दिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ जेष्ठ २०८०, बिहीबार १८:२६
जेठ-२५, काठमाडौं। कारागारमा रहेको थुनुवालाई छुटाइ दिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ का ४२ वर्षीय सञ्‍च तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा […]