
मनोज डाँगी
कार्तिक १८, सुर्खेत ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्री सहितको प्रहरी टोलीले मंगलबार ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो।
व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोगमा सुर्खेत जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो। अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अभियुक्त सुनारलाई ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी सहायक निरीक्षकद्वय हरिष साउद र राजेश के.सी सहितको प्रहरी टोलीलाई अभियुक्त मान बहादुर सुनार बर्दिया जिल्लामा लुकिछिपी रहेको भन्ने खवर पश्चात निरन्तर गोप्य रुपमा खवर संकलन गर्न प्रहरी टोलि खटाईएको प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्रीले जानकारी दिए।
मंगलबारका दिन दिउँसो बर्दिया जिल्लाको बाँसगढि नगरपालिका वडा न ४ बाट घरमै लुकिछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेेेको थियो।
साविकको सालकोट गाविस (हाल पञ्चपुरी नगरपलिका–२) का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए।
उक्त घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए।
उनका अनुसार निज मानबहादुरलाई अदालतले ८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएको राति नै कसैलाई थाहा नदिएर निज मानबहादुर फरार भएका थिए।

