नेकपा कर्णालीको विवाद थप चर्किदैंः मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्रीको बर्खास्तको तयारी

  ।   १६ कार्तिक २०७७, आईतवार ०९:१८

गोबिन्ददेव भारती 

कार्तिक १६, सुर्खेत ।

पार्टीको संसदिय दलको नेतामा अविश्वाशको प्रस्ताव दर्ता भएपछि चुलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद थप उत्कर्षमा पुग्ने भएको छ ।

गएको कार्तिक ७ गते दलको बैठकमा आफूमाथिको अविश्वाशको प्रस्ताव बहुमतले अश्विकृत गरेर देखाएका मुख्यमन्त्री शाहीले दलको बैठकमा अनुपस्थित हुने पार्टी अध्यक्ष केपीशर्मा ओली पक्षिय दुई मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेपछि नेकपा विवाद थप चर्किने भएको हो ।

आफू संलग्न सरकार प्रमूख (मुख्यमन्त्री) विरुद्धको प्रस्ताव माथि टुंगो लाग्ने बैठकमै अनुपस्थित भएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाप्रति आक्रोस भएका मुख्य मन्त्री शाहीलाई तत्कालै बर्खास्त गर्न पार्टी भित्रबाट समेत दवाव खेपेका मुख्य मन्त्री शाहीले दशैं लगत्तै मन्त्री मण्डल हेरफेर गर्ने भन्दै आफूलाई समर्थन गर्ने सांसदलाई आश्वस्त पारेका थिए ।

कार्तिक ७ गते बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकको मर्म अनुसार नै मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावमा साथ नदिने दुई जना मन्त्रीलाई बर्खास्तको तयारी थालेको उनि पक्षिय एक नेताले जानकारी दिए । आफै सहभागि भएको सरकार विरुद्धको अविश्वासको प्रस्तावमा साथ नदिने मन्त्रीलाई नैतिकताका आधारमा पनि राख्न हुँदैन भन्ने पार्टी केन्द्र (कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) र प्रदेशका माननिय ज्यूहरुको रायका आधारमा मुख्यमन्त्रीले प्रदेश सरकारका मन्त्रीको जिम्मेवार हेरफेरको कुरा अघि बढाउन खोज्नु भएको हो, ती नेताले भने, `प्रदेश सरकार अब पार्टीको प्रचण्ड बहुमतका आधारमा अघि बढ्छ ।´

मन्त्री मण्डल हेरफेर भए प्रदेश सरकारमा सहभागि हुन तम्तयार भएका प्रदेशसभा सांसद समेत रहेका ती नेताको भनाई सामाजिक विकास मन्त्री दल रावलले आज बिहानै सामाजिक सञ्जाल फेसवुकमा लेखेको पोष्टले पनि पुष्टि गरेको छ ।

प्रदेश सरकारको मन्त्रीबाट जिम्मेवार मुक्त हुनेतर्फ संकेत गर्दै मन्त्री रावलले आफ्नो फेसवुकमा लेख्दै भनेका छन्, “कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।”

सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको निर्देशनमा उनीहरुलाई आज बर्खास्त गर्न लागेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री शाहीले सहमती अनुसार छिट्टै नै वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार मन्त्री बनाउन थालेका हुन् ।

Next Post

कर्णालीमा कोरोना संक्रमणबाट सोह्रौ ब्यक्तीको मृत्यु

१६ कार्तिक २०७७, आईतवार ०९:१८
कार्तिक १६, सुर्खेत ।  भेरीगंगा नगरपालिका–१२ का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति ११ बजे मृत्यु भएको हो । उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याएको एक घण्टामै उनको मृत्यु भएको कोरोना फोकल […]