कृष्णबहादुर बिष्ट (लखपति)
भदौ-२७, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको श्रीनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गर्दा कर्णाली प्रदेश ०२००१ झ ००३५ नम्बरको पूर्वाधार बिकास कार्यालय सल्यानको डबल क्याप जिप श्रीनगर खलंगा सडक खण्ड अन्तर्गत शारदा नगरपालिका-२ स्थित मैसेपानीमा दुर्घटना भएको हो ।
आज साँझ करिब ५ बजेतिर दुर्घटनामा परेको उक्त जिपमा सवार ५ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा जिप चालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ का ३० बर्षिय भरत प्रसाद शर्मा, उनकी श्रीमती २२ बर्षिया कबिता सिजापती, कास्की पोखरा महानगरपालिका-१७ का २७ बर्षिय सागर आचार्य, डोटी दिपायल सिलगढी नगरपालिका-१ का २२ बर्षिय मनमोहन सिंह खड्का र पर्सा बिरगंज महानगरपालिका -१३ का २१ बर्षिय पुनम शर्मा रहेका छन् ।
घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र उनिहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।