माओवादी पार्टीको नाममा चन्दा माग्ने दुई युवा पक्राउ

  ।   १८ श्रावण २०८०, बिहीबार १६:१९

कर्णालीलाइभ समाचारदाता । 

साउन-१८, दैलेख ।

दैलेखको दुल्लुमा नेकपा माओवादी पार्टीको नाममा चन्दा माग्ने दुई युवा पक्राउ परेका छन् ।

पार्टीलाई आर्थिक सहयोग भन्दै चन्दा माग्ने दुई जनालाई इलाका प्रहरी कार्यालय दुल्लुले प्रक्राउ गरेको हो । दुल्लु नगरपालिका वडा नं. १३ का समीर शाही र चन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।

दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिदिनु भन्ने रसिद र पत्र नगरपालिका कार्यालयमा बुझाएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट उक्त पार्टीको पम्प्लेट ५ थान, सहयोग रसिदको ठेली १ थान, स्ट्याम्प प्याड १ थान, पार्टीको छाप १ थान, डायरी र कपी १-१ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ । @कान्तिपुर टिभीबाट साभार ।

Next Post

पौष्टिकले भरिपूर्ण काजू एक दिनमा कति खाने ?

१८ श्रावण २०८०, बिहीबार १६:१९
ड्राई फ्रुट्समा काजू अत्यधिक रुचाइन्छ । स्वादिलो हुनुका साथै यसले स्वास्थ्यमा पनि अचम्मको फाइदा पुर्‍याउँछ । कतिपयलाई काजू यति मन पर्छ कि एकै पटक १०–१५ पनि खाइदिन्छन् । यद्यपि, कुनै पनि कुरा सीमित मात्रामा र सही समयमा खाँदा मात्रै बढी लाभ मिल्छ । कोहीलाई काजु थोरै भुटेर खान मन पर्छ […]