कर्णालीमा कोरोना संक्रमणबाट सोह्रौ ब्यक्तीको मृत्यु

  ।   १६ कार्तिक २०७७, आईतवार ११:४७

कार्तिक १६, सुर्खेत । 

भेरीगंगा नगरपालिका–१२ का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको गएराति ११ बजे मृत्यु भएको हो । उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याएको एक घण्टामै उनको मृत्यु भएको कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।

‘दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइड भनेर उपचार गरिएको रहेछ, औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो,’ केसीले भने, ‘तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्‍याइएको थियो ।’

तीन दिन अगाडि मात्रै ति युवाकाे पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए ।  योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

Next Post

अब नेकपा एकीकृत अस्तित्वमा रहन गाह्रो छ : महासचिव पौडेल

१६ कार्तिक २०७७, आईतवार ११:४७
कार्तिक १६, काठमाडौ । नेकपा महासचिव विष्णु पौडेलले आफ्नो पार्टी नेकपा गम्भीर संकटमा परेको बताएका छन्। उनले सामाजिक सञ्चाल फेसबुक र ट्वीटरमार्फत  यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै […]