अत्यावश्यक बाहेक जिल्ला प्रशासन कार्यालय दैलेखका सबै सेवा बन्द

  ।   १५ कार्तिक २०७७, शनिबार १४:४०

कार्तिक १५, दैलेख । 

जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड-१९ को संक्रमण देखिएकोले केही दिन सेवा बन्द गर्नु परेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले आज जारी गरेको सुचनामा कर्मचारीबाट सेवाग्राहीमा र सेवाग्राहीबाट कर्मचारीमा संक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अर्को सुचना जारी नहुदा सम्मको लागि अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरिएको उल्लेख छ ।

प्रशासनद्वारा जारी सूचना ….

Next Post

चौरजहारी नगरपालिकाले सुरु गर्‍यो ५ सैयाको अस्पताल

१५ कार्तिक २०७७, शनिबार १४:४०
रुकुम पश्चिम कार्तिक १५ । मनोज डाँगी रुकुम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरेको छ । अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु […]